आज प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल हुने प्रचण्डले जवाफ दिने

72

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । आज उठेका प्रश्नहरुमा अध्यक्ष प्रचण्डले आज जवाफ दिने भएका छन् ।

समूहगत छलफल सकिएपछि आज  दिउँसो १ बजे बस्ने छ । शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले जवाफ दिने छन् ।

प्रतिवेदनमाथिको छलफल  भएपछि माओवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटीका एक नेताका अनुसार बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि भनिएको पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल भएकाे थियाे ।

प्रचण्डको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए । त्यसपछि टोली नेताहरुले पालैसँग छलफलको निष्कर्ष सुनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here