१४औं महाधिवेशनमा कांग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा

132

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने भन्दै उनले भने, ‘म आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु ।’

आफूलाई पार्टीमा भएका युवा र जनसम्पर्कका महाधिवेशन प्रतिनिधिसँगै नयाँले पनि भोट दिने भन्दै उनले भने, ‘म जितको अन्त्यन्त नजिक भएको सभापतिको उम्मेदवारको रुपमा उभिएको छु ।’

कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।

पार्टीलाई विधान अनुसार चलाउने र गुटबन्दी अन्त्य गर्ने उनको प्रतिवद्धता छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका गुरुङले पार्टीका सबै तहमा एक व्यक्ति एक पदमा दुई पटकसम्म मात्र रहन पाउने आफ्नो अर्को एजेण्डा भएको बताए ।

एउटा पदमा बारम्बार दोहोरिने गरेको भन्दै उनले भने, ‘एक व्यक्ति एउटा पदमा दुई पटक मात्र हुन पाउने व्यवस्था गर्छु । यसले पार्टीमा सबैले अवसर पाउँछन् ।’ एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने उनको एजेण्डा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here