काठमाडौं- काठमाडौंबाट एक किशोरी बेपत्ता भएकी छन् । सिन्धुपाल्चोक घर भएर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएकी १७ वर्षीया युरिना योन्जन ‘मनिषा’ बेपत्ता भएकी हुन् ।
गत शुक्रबार कोठाबाट खाजा खान भनेर निस्केकी उनी बेपत्ता भएकी हुन् । युरिना जोरपाटीको नयाँ बस्तीस्थित एकता जेम्स कलेजमा कक्षा ११ मा अध्ययनरत थिइन् ।
युवतीकी आमा लालमाया योन्जनले जेठ २६ गते छोरी हराएको भन्दै महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दिएकी छन् ।
प्रहरीले युवती हराएको उजुरी परेसँगै खोजीकार्य जारी राखेको जनाएको छ ।

















