काठमाडौं/ पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकपल दाहाल ‘प्रचण्ड’ले नेपालमा अतिवादी प्रवृत्ति हावी भएको जिकिर गर्नुभएको छ । धनगढीको फूलबारीमा चुनावी आमसभलाई सम्बोेधन गर्दै उहाँले थारु, पहाडी, मधेशीबीच षड्यन्त्र गरेर लडाउने कार्य भएकाले जातीय द्वेष सिर्जना गर्ने अतिवादीलाई परास्त गर्न मतदातासँग आह्वान गर्न भएको छ ।
थारुवान प्रदेशको कार्यसूची आफ्नो. पाटीले ल्याउँदा थारु, पहाडी सबै मिलेर लडेको स्मरण गर्दै ‘प्रचण्ड’ले अहिले केही अतिवादीले जातीय द्वेष फैलाएर फाटो ल्याउने काम गरेको आरोप लगाउनु भयो । प्रचण्डले टीकापुर घटनाका अपराधीलाई उन्मुक्ति नदिइने तर झुटा मुद्दामा फसाइएका र क्षति भएकाको न्यायिक हकमा आफ्नो सरकारले काम अगाडि बढाएको दाबी गर्नुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बीउ आफ्नो पार्टीले रोपेकाले यसलाई संस्थागत गर्न सहयोगको अपिल गर्दै उहाँले सरकारले इमानदारीपूर्वक काम ग¥यो भने विकास गर्न सकिँदो रहेछ भन्ने आफ्नो सरकारले पुष्टि गरेको दाबी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले सो अवसरमा आफ्नो पार्टीले १० वर्ष नेतृत्व गर्न पाउने हो भने देशलाई विकसित देशको दाँजोमा पु¥याउने दाबी पनि गर्नुभयो । आफ्नो नेतृत्वमा सरकार बन्दा विपक्षीहरूले लगाएका आरोप सबै गलत प्रमाणित भएको धारणा पनि उहाँले राख्नुभयो ।
राष्ट्रवादका खोक्रा नारा मात्र लगाएर देशको विकास नहुने भन्दै छिमेकी मुलुक चीनले आरम्भ गरेको ‘वान वेल्ट, वान रोड’ कार्यक्रमअन्तर्गत रहेर चीनसँग सम्झौता भएकाले अब चीनबाट नेपालमा ठूलो लगानी भित्रिने, ठूला उद्योग खुल्ने र व्यापक रोजगारीका अवसरमा सिर्जना हुने दाबी गर्नुभयो ।
छिमेकीसँग बिग्रिएको सम्बन्ध सुधार्दै भारत र चीनसँग राष्ट्रिय स्वार्थका आधारमा नयाँ सम्बन्ध विकास गरेको दाबी गर्दै उहाँले फास्ट ट्र्याक नेपाली सेनाले बनाउने भएको र हुलाकी राजमार्ग निर्माण सुरु भएको जनाउनु भयो । गौरीफन्टा नाकाबारे भारतीय प्रधानमन्त्रीसँग कुरा भएको महाकालीमा पुल र सुक्खा बन्दरगाहको काम अघि बढेको जानकारी उहाँले गराउनु भयो ।
उहाँले अझै पनि केही प्रतिक्रियावादीहरू निर्वाचन हुन नदिने दाउमा रहेको बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बीउ सबै मिलेर रोपे पनि अझै संंस्थागत गर्न खतरा रहेको औँल्याउँदै उहाँले नीति ल्याउनेलाई नेतृत्व दिन आग्रह गर्नुभयो ।


















