प्रभु बैंकबाट १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी

104

काठमाडौं / प्रभु बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रले ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ पाएको छ । केयर रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ ।

यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०५ ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१०५ प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

पछिल्लो समय बैंकहरुले अतिरित्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here