काठमाडौं / गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘गलबन्दी’ गीतले सर्वाधिक चर्चा पाएको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै दर्शकको मन जित्न सफल रह्यो । यो गीत यूट्यूबमा करिव एक करोड भन्दा बढी पटक हेरिएकाले सर्वाधिक चाडो भ्यूज पाउने गीतको रेकर्ड बनाउन सफल भएको छ । प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेको यो गीतलाई ३ लाख ७ हजार भन्दा बढीले लाइक गरेका छन् ।


















