मेक्सिकोमाथि उच्च भन्सार लगाउने ट्रम्पको चेतावनी

87

एजेन्सी / आप्रवासीका कारणले मेक्सिकोसँग अमेरिकाको शितयुद्ध चलिरहेको छ । यस्तैमा हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि थप भन्सार लगाउने चेतावनी दिएका छन्। वासिङ्टन र मेक्सिको सिटीबीच गत साता मात्रै आप्रवासनसम्बन्धी सम्झौता भएको थियो ।

ट्रम्पले नै गत साता भएको सम्झौताका केही अंशलाई मेक्सिकोको संसद्ले पारित गर्नु पर्ने र यदि त्यसो नभए उसविरुद्ध थप भन्सार लगाउने चेतावनी दिएको छ । उनले यस विषयमा विस्तृत जानकारी नदिए पनि मेक्सिकोको संसद्ले गत साता दुई देशका अधिकारीबीच सम्झौता भएबमोजिमको योजना पारित नभए उसविरुद्ध थप भन्सार लाग्ने चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

‘मेक्सिकोसँग गरिएको आप्रवासन र सुरक्षासम्बन्धी सम्झौताको महत्वपूर्ण अंशका रूपमा हामीले अर्को एउटा डकुमेन्ट पनि तयार गरेर हस्ताक्षर गरेका छौं, जसलाई अमेरिकाले कैयौं वर्षदेखि खोजिरहेको थियो।यदि मेक्सिकोको संसद्ले सो योजना पारित नगरे उसविरुद्ध थप भन्सार लगाइने छ,’ ट्रम्पले गरेको ट्विटमा जनाइएको छ ।

ट्रम्पले गत महिना सोमबारबाट लागू हुने गरी मेक्सिकन सामानमा पाँच प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए।अत्यधिक कर लगाइने विषयहरुमा फलफूल, वियर,कार र तरकारीमा रहेको छ । उनले अमेरिका–मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई रोक्न मेक्सिकोले कदम नचाले उसको सामानमा २५ प्रतिशत नपुगेसम्म प्रत्येक महिना ट्यारिफ वृद्धि हुने समेत चेतावनी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here