काठमाडौं- लोकसेवाले स्थानीय तहका लागि खोलेको कर्मचारी विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समितिविरुद्ध परीक्षार्थी सडकमा उत्रिएका छन्।
संविधानविपरित भएको राज्यव्यवस्था समितिले कर्मचारी विज्ञापन रोक्न निर्देशन दिने निर्णयविरुद्ध लोकसेवाका परीक्षार्थी सडकमा उत्रिएका हुन्।
जुलुसमा सहभागी सयौँ युवाहरुले लोक सेवाको विज्ञापन रोक्ने पक्षमा उभिएका नेकपाका सांसद जनार्दन शर्माविरद्ध पनि चर्का नारा लगाए । जुलुसमा सहभागीहरुले लोकसेवाको परीक्षा रोक्न नहुनेमा जोड दिएका थिए ।
राज्य व्यवस्था समितिले सोमबार जेठ १५ गते लोकसेवाले खुलाएको विज्ञापन रोक्न सरकार र लोकसेवालाई निर्देशन दिने निर्णय गरेको थियो।