शिक्षा शाखाको ताला खुल्यो

32

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखामा लागेको ताला खुलेको छ । विभिन्न शैक्षिक सुधारको माग राखेर विद्यार्थी संगठनहरुले लगायतको ताला सहमतिमा खोलिएको हो । तुलसीपुर उपमहानगरपालिकामा शिक्षा समिति, विद्यार्थी संगठन, प्याब्सन, एनप्याव्सन र पत्रकारका विचमा भएको सहमति अनुसार ताला खोलिएको हो ।

उपमहानगरपालिकाले विभिन्न सामुदायिक र संस्थागत विद्यालयले लिएको शैक्षिक र मासिक शुल्क, छात्रवृत्ति लगायतका विषयमा विवरण संकलन गरेर त्यसको अनुगमन गर्ने भएपछि सहमति भएको हो । असार ३ गतेसम्म विवरण संकलन गरेर ५ गतेबाट विद्यालय अनुगमनमा जाने गरी वैठकमा सहमति भएको छ । अनुगमनका लागि शिक्षा संयोजक देवराज विकको संयोजकत्वमा समिति समेत वनाइएको छ । समितिमा विद्यार्थी संगठनका प्रतिनिधि, प्याब्सन, एन प्याब्सन र शिक्षा शाखाका कर्मचारी रहेका छन् ।

अनुगमन समितिले सबै तथ्याङ्क ल्याएपछि नियमानुसार भए नभएको वारेमा अध्ययन गरेर आवश्यक कारवाही गरिने कुराको सहमति भएको छ । छलफलमा शिक्षा संयोजक देवराज विक, सचिवालय प्रमुख मानवहादुर रावत, अनेरास्वीयुका विरवल खड्का, नेविसंघका भुपवहादुर वुढाथोकी, अखिल क्रान्तीकारीका सुवास वस्नेत, प्रेस संयोजक वसन्त आचार्य, पत्रकार गोपाल शर्मा भट्टराई, प्याव्सन र एन प्याव्सनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here