हरर फिल्म हेर्दा डराउने कटरीना

214

बलिउड अभिनेत्री कटरीना कैफ अभिनीत फिल्म ‘भारत’ ले अहिले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । फिल्मले प्रदर्शनको ६ दिनमा भारतबाट मात्र १ सय ५९ करोडको व्यापार गरिसकेको छ । फिल्मले चाँडै दुई सयको आँकडा पार गर्ने ट्रेड एनालिस्टहरुको अनुमान छ ।

प्रायः एक्सन र लभस्टोरी फिल्ममा काम गरिरहेकी अभिनेत्री कटरीना कैफले अहिलेसम्म हरर फिल्म भने गरेकी छैनन् ।  कहिल्यै हरर फिल्म नगर्ने उनको अडान छ । उनी भन्छिन्, ‘म सजिलै डराउँछु, त्यसैले हरर फिल्मबाट टाढै बस्छु । र, म कहिल्यै हरर फिल्म पनि गर्ने छैन ।’ उनले डरका कारण अहिलेसम्म हरर फिल्म समेत हेरेकी छैनन् ।

उनी भन्छिन्, ‘म निकै डराउँछु । हरर फिल्म हेर्न सक्दिनँ र आजसम्म हेरेको पनि छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here