समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

232

काठमाडौं– तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बिहीबार दिउँसो आयोग कार्यालयमा गएर पार्टी दर्ता गराएका हुन् ।

पार्टी दर्ता गरिसकेपछि पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफ्नो पार्टीले समावेशितालगायत मुद्दाहरूलाई सशक्त रूपमा उठाउने जनाए ।

अर्का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको संविधानमा धेरै त्रुटीहरू रहेको उल्लेख गर्दै संविधान संशोधन गर्नुपर्ने पार्टीको माग रहेको जनाए ।

‘तत्कालीन एमाले, माओवादी केन्द्र र समाजवादी फोरमबीच संविधान संशोधन गर्ने सहमति भएपछि हामी सरकारमा सहभागी भएका हौं । संविधान संशोधन हुनुपर्छ । भएन भने सरकार छोड्छौं । अहिले त्यसका लागि हामी छलफल गरिरहेका छौं,’ यादवले भने ।

उनले आज दर्ता भएको पार्टीको चुनाव चिन्ह भने टुंगो लागिनसकेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here