जोगबनी नाका बन्द !

370

मोरङ / नेपाल–भारत सीमा क्षेत्र जोगबनी नाका बिहीबारदेखि बन्द भएको छ । भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच कुटपिट गरेको भन्दै जोगवनी भन्सारका एजेन्ट आन्दोलित बनेपछि आयात निर्यात पूर्ण रुपमा प्रभावित भएको छ ।

भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामानहरु लिएर नेपाल आउँदै गरेका मालवाहक गाडीहरु बोर्डरमै रोकिएको छ भने नेपालबाट फर्कने क्रममा रहेका सवारी साधन पनि नेपालतर्फ नै रोकिएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले जनाए ।

उनका अनुसार भन्सारको मुख्य नाका नै ठप्प हुँदा साँझसम्म पनि मालवाहक सवारी साधन नेपाल भित्रिएनन्।

नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ आउजाउ गर्ने गर्ने दुई सयभन्दा बढी मालवाहक गाडीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here