काठमाडौं / वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विभागका प्रमुख डा. ढुण्डीराज पौडेलले सरकारी सेवाबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई राजीनामा बुझाएका हुन्।
डा. पौडेलले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताउँदै अब सरकारी सेवामा नफर्किने जनाएका छन् । नेपालको दुरदराजमा गएर बिरामीहरुलाई सेवा दिएका ११ औँ तहका डा पौडेलको कार्यकाल झण्डै ३ वर्ष बाँकी रहेको थियो। डा. पौडेल विगत ३८ वर्षदेखि सरकारी सेवामा कार्यरत थिए। डा. पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति पदका लागि आवदेन पनि दिएका थिए। तर त्यसमा नछानिएपछि उनी रुष्ट बन्दै आएका थिए।


















