टिकापुर– प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहजरुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ कैलालीको टिकापुर न.पा. १ स्थित टिकापुरमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ ।
उक्त शाखाको टिकापुर न.पा.का नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गरे ।
नगर प्रमुख रावलले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस टिकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने जनाए ।


















