काठमाडौ, पूर्व राजा ज्ञानेन्द्र शाहले पछिल्लो समय सरकारले ल्याएको गुठी विधेयक र यसका विषयमा भइरहेका आन्दोलनप्रति चासो व्यक्त गरेका छन् । हाल थाइल्याण्डमा रहेका पूर्व राजा शाहले सरकारले ल्याएको गुठी विधेयकले मुलुकको धर्म, संस्कृति र परम्परामा असर पुग्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । पुर्व राजा शाहले थाइल्याण्डमा केही नेपालीहरुसँग भएको भेटमा मुलुकको धर्म, सस्कृति र परम्परासँग जोडिएका संस्थाहरुलाई खल्बल्याउन नहुने धारणा व्यक्त गरेका हुन् ।


















