गुठी विधेयकको विरुद्ध पाटनमा मसाल जुलुस

255

काठमाडौं- सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकको बिरुद्ध पाटनमा मसाल जुलुस निकालिएको छ ।

शुक्रवार बेलुका निकालिएको मसाल जुलुसमा ठुलो संख्यमा प्रदर्शनकारीहरु सहभागी भएका थिए ।

गुठी विधेयक खारेज गर, सम्पदा मास्न पाईदैन, सम्पदा विरोधी होसियार लगायतका नाराबाजी गर्दै उनीहरुले पाटनको मंगलबाजार हुँदै नगर परिक्रममा गरेका थिए ।

गुठी विधेयक बिरुद्ध स्थानीय जनता स्वतःफूर्त यतिखेर आन्दोलनमा उत्रेपछि हजारौंको संख्यामा प्रदर्शनकारीहरु भेला हुन थालेको छ ।

उपत्यकामा यतिखेर दैनिक जसो विभिन्न क्षेत्रमा विधेयकको विरुद्धमा नारावाजी, जुलुस, विरोधसभा हुन थालेको छ ।

माईतीघर मण्डलबाट सुरु भएको आन्दोलन उपत्यकाव्यापी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here