प्रधानसेनापति थापा चीन जादै

216

काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आइतबार चीन प्रस्थान गर्ने भएका छन् ।

थापा प्रधानसेनापतिमा नियुक्त भएपछि मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक जान लागेका हुन् । उनको भ्रमणदलमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित ८ जनाको टोली रहने छ । उनी असार १ गते काठमाण्डौबाट एयर चाइनाको विमान मार्फत चीनको छेन्दु हुँदै बेइजिङ जाने कार्यक्रम रहेको छ । भ्रमणको बेला प्रधानसेनापति थापाले चीनका विभिन्‍न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here