एजेन्सी / न्युजील्यान्डको उत्तरपूर्वमा रहेको केरमाडेक टापुसमूहनजिक आइतवार ७.२ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
न्युजील्यान्ड नागरिक सुरक्षा संगठनले भूकम्प आएपछि तट, बन्दरगाह र साना डुंगाका लागि खतराको चेतावनी जारी गरेको थियो । तर आठ मिनेटपछि चेतावनी फिर्ता लिइयो । शुरूमा भूकम्पको तीव्रता ७.४ भनिए पनि अमेरिकी भौगर्भिक सर्वेक्षणले यसको तीव्रता ७.२ आँक्यो । प्रशान्त सुनामी चेतावनी केन्द्रले दक्षिण प्रशान्त क्षेत्रका लागि जारी चेतावनी फिर्ता लियो अनि भूकम्प आएको ठाउँनजिक तटीय क्षेत्रमा केही गडबडी हुने जनायो । भूकम्प स्थानीय समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा आयो । यसको केन्द्र जमीनभन्दा १० किलोमिटरमुनि थियो ।


















