महासेठ कार्यवहाक प्रधानमन्त्री

31

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो भारत प्रस्थान गरेका छन्।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री महासेठले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here