काठमाडौं / युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमा कालो झण्डा देखाउन खोज्ने कांग्रेसका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको तरुण दल काठमाडौंले जनाएको छ । पक्राउ परेका दुबै जनालाई तीनकुनेस्थित प्रहरी कार्यालयमा राखिएको छ।


















