काठमाडौं / अमेरिकाको न्युयोर्कमा वर्ल्ड नेपाली म्युजिक हुने भएको छ। करिब १३ बिधामा प्रदान गर्न लागिएको अवार्ड आगामी मंसिर ७ गते शनिवारका दिन न्युयोर्कमा हुन लागेको छ । यस अवार्ड नेपाली गीत संगीत क्षेत्रमा लागेका सर्जकहरुको प्रोत्साहन तथा सम्मानका लागि प्रदान गर्न लागिएको आयोजक वल्ड कनेक्सन युएस इन्कले जनाएको छ ।
अवार्ड कार्यक्रममा अनलाइन र प्रत्यक्ष फर्म भरेर सहभागिता जनाउन सकिनेछ । अर्वाडका लागि पाँच जना राष्ट्रिय अग्रज कलाकार जुरी छनौट गरिने आयोजक संस्थाका महासचित सुमन बुढा मगरले जानकारी दिए ।
नेपालमा कला क्षेत्रमा रहेका बिभिन्न ११ संघसंस्थाका अध्यक्षहरुबाट उत्कृष्ट १० छनौट गरिने आयोजकले जनाएको छ । सेप्टेम्बर २९ बाट संसार भरीबाट भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरुलाई जुरीको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष मतबाट ४० प्रतिशत र सामाजिक सञ्जालबाट २० प्रतिशत जोडी १०० प्रतिशतमा उत्कृष्ट ३ हरेक बिधाबाट चुनिने जनाइएको छ ।
बिधाहरु यसप्रकार रहेका छन्ः
१. उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला
२. भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला
३. आधुनिक गीतः पुरुष र महिला
४. लोक दोहोरी गीतः पुरुष र महिला
५. लोक गीतः पुरुष र महिला
६. गितकार
७. संगीतकार
८. म्यूजिक भिडियो निर्देशन
९. संगीत संयोजन
१०. लोपन्मुख गीतः पुरुष र महिला
११. पप गीतः पुरुष र महिला
१२. लोक गीत लय संकलक
१३. म्युजिक भिडियो मोडलः पुरुष र महिला

















