काठमाडौ– परिवार दलका अध्यक्ष एकनाथ ढकालले चुनावका बेला भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सममक्ष माग गरेका छन् ।
प्रधानमन्त्रीलाई भेटेर उनले सहमतिमा परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको भन्दै उक्त बुँदा कार्यान्वयन गर्नु पर्ने माग गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने यसबारे दलमा छलफल गर्ने जवाफ दिएको नेकपाका एक सदस्यले जानकारी दिए ।


















