फ्रान्चेस्को टोटीले ३० वर्षपछि छाडे क्लब

104

एजेन्सी / इटालियन क्लब रोमाका फ्रान्चेस्को टोटीले ३० वर्षपछि क्लब छाडेका छन् । सन् १९९८ मा युवा खेलाडी हुँदै रोमा पुगेका टोटी सन् २०१७ सम्म खेलाडीका रुपमा र त्यसपछि क्लबको डाइरेक्टरका रुपमा थिए ।

क्लबका अध्यक्ष जेम्स पालोटासँगको उनको सम्बन्ध पछिल्लो समय बिग्रिएका कारण उनले क्लब छाडेको जनाइएको छ । पछिल्लो हप्ता भने पालोटाले टोटीलाई क्लबको टेक्निकल डाइरेक्टरका रुपमा रहन आग्रह गरेका थिए ।

सिरी ए मा भर्खरै सकिएको सिजन रोमा छैठौं स्थानमा रहँदै च्याम्पियन्स लिगमा समेत स्थान बनाउन असमर्थ रह्यो । त्यसकारण टोटीले क्लब छाड्ने निर्णयमा बल पुगेको छ । ‘मैले रोमाबाट राजीनामा दिएको छु । यस्तो दिन अब कहिल्यै नआओस भन्ने आशा छ । मैले कहिल्यै राम्ररी काम गर्ने अवसर नै पाइनँ’ राजीनामा बारेको पत्रकार सम्मेलनमा ४२ वर्षका उनले भनेका छन् ।

‘हरेक कुराभन्दा ठूलो रोमा हो । खेलाडी आउँछन् जान्छन्, प्रशिक्षक आउँछन् जान्छन्, व्यवस्थापक आउँछन् जान्छन् तर क्लब कहिँ जाँदैन । यो रंग यो उत्साह कहिँ जाँदैन’ भावुक हुँदै उनले भने ।

सन् १९९८ मा युवा खेलाडीका रुपमा रोमा आएका टोटीले सन् १९९३ मा १६ वर्षको उमेरमा सिनियर टिमबाट डेब्यू गरेका थिए ।त्यसपछि उनले ७८५ खेलमा ३०७ गोल गरे । जसमा २००१ मा जितेको सिरी ए उनको महत्वपूर्ण उपलब्धी हो । त्यस्तै उनले दुईपटक कोपा इटालियाको उपाधि पनि जितेका छन् । इटाली राष्ट्रिय टिमबाट विश्वकप समेत जितेका टोटीले राष्ट्रिय टिममा ५८ खेल खेलेका छन् । जसमा ९ गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here