सत्तासिन नेकपा जनबादी कार्यक्रम सहित अघि बढिरहेको प्रचण्डको दाबी

214

काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने लक्ष्य लिएको जनाएका छन् ।

अध्यक्ष प्रचण्डले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको जनाए । दुई पार्टीबीचको एकता सिद्धान्तहीन ढंगले नभएको उनले जनाए ।

‘जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने प्रस्ट लक्ष्यका साथ पार्टी एकता गरिएको छ,’ प्रचण्डले भने, ‘कतिपय मानिसहरु त्यो लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज पनि हुन सक्छन्, तर हाम्रो पार्टीको दुवैधारका नेताहरुले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काइसौैं शताब्दीको जनवाद दुवैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको छ ।’

उनले सहिदहरुको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको दावी पनि गरे । अध्यक्ष प्रचण्डले आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्ने पनि जनाए ।

तत्कालीन माओवादी सशस्त्र द्वन्द्व कालका शहीद रीतबहादुर खड्काको १७ औं स्मृतिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बो्ल्दै उनले शहीदहरुको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको दावी पनि गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here