नेपाल टेलिकमले ल्यायो, नयाँ अफर

90

काठमाडौं / नेपाल टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने नयाँ अफर ल्याएको छ।

आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि अफर ल्याएको हो। यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ। अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ।

यस सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ। अथवा ८१५१४८ ८३ डायल गरी यो सेवा लिन सकिन्छ। नाफालाई मात्र महत्व नदिइ मुलुकका विकट र अनकन्टार गाउँ, वस्तीहरुमा समेत दुरसंचार सेवा प्रदान गरिरहेको टेलिकमले नयाँ अफरले ग्राहकहरुलाई केही सहज बनाएको आशा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here