भारतमा भन्दा नेपालमा मूल्य वृद्धि अधिक

218

काठमाडौं / महँगी झनै बढेको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म) महँगी गत वर्षको भन्दा बढेको हो । अहिले महँगी दर (मुद्रास्फीति) ५.३% पुगेको छ । गत वर्ष वैशाखमा यस्तो महँगी वृद्धिदर ४.१% मात्र थियो । खाद्य पदार्थ, गैर खाद्य तथा सेवा क्षेत्रका अधिकांश वस्तुमा महँगी बढेको देखिएको छ । खाद्य पदार्थतर्फ विशेष गरी खाद्यान्न, माछामासु, घिउतेलको मूल्य बढेको छ ।

गैर खाद्य तथा सेवा समूहको मूल्य वृद्धि पनि ५.८% पुगेको छ । गत वर्ष सोही बेला यी समूहको मूल्य वृद्धि ४.८% मात्र थियो । तथ्यांकले भारतमा भन्दा नेपालमा महँगी निकै धेरै रहेको देखिन्छ । समीक्षा अवधिमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३% रहेको छ । जबकी यसै अवधिमा भारतमा जम्मा ३.१% मात्र महँगी रहेको देखिन्छ । गत वर्ष नेपालमा भन्दा भारतमा महँगी बढी थियो । गत वर्ष नेपालमा ४.१% महँगी दर हुँदा भारतमा ४.९% थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here