कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र पाराग्वेले बराबर

225

एजेन्सी / ४६ औं कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर भएको छ । बिहीबार बिहान भएको खेलमा दुवै टिमले एक–एक गोल गरेका हुन ।

पाराग्वेले पहिलो हाफको ३७ औं मिनेटमा रिचार्ड सान्चेजको गोल मद्दतले अग्रता लिएको थियो । ५७ औं मिनेटमा पेनाल्टीमार्फत अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल गरे ।

समूह ‘बी’ मा रहेको पाराग्वे दुई अंकसहित दोस्रो र एक अंक जोडेको अर्जेन्टिनाको एक अंक छ । दुवै टीमले दुई–दुई खेल खेलेका छन् । आजै भएको अर्को खेलमा कोलम्बियाले कतारलाई १–० गोल अन्तरले पराजित गर्‍यो । ६ अंकसहित कोलम्बिया शीर्ष स्थानमा र एक अंक जोडेको कतार तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here