अमेरिकी ड्रोनमाथि क्षेप्यास्त्र आक्रमण

259

एजेन्सी / यमनमा अमेरिकी ड्रोनमाथि क्षेप्यास्त्र प्रहार भएको छ। क्षेप्यास्त्र आक्रमणले अमेरिकी ड्रोन खसेर पूर्ण रुपमा नष्ट भएको अमेरिकाले जनाएको छ।

मंगलबार यमनमा अमेरिकी ड्रोनमाथि आक्रमण भएको हो। अमेरिकाले इरानस्थित हुथी विद्रोहीले आफ्नो ड्रोनमा आक्रमण गरेको आशंका गरेको रोयटर्सले जनाएको छ। गत जुन महिनामा इरानले क्षेप्यास्त्र प्रहार गरेर नै अमेरिकाको ड्रोन विमान खसाएको थियो। त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए।

यद्यपी आक्रमणले सर्वसाधारणको ज्यान जाने जोखिम भएपछि आक्रमण रोकेको अमेरिकाको धारणा छ। इरानले अमेरिकाले आक्रमण गरे आफूले त्यसको गतिलो जवाफ दिने जनाएको  थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here