एभीसी सेन्ट्रल जोन सिनियर भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो

87

काठमाडौं / नेपाल एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह पहिलो खेलमा कीर्गिस्तानसित ३–० ले पराजित भएको नेपाल दोस्रो खेलमा बुधबार माल्दिभ्ससित पनि ३–० ले नै पराजित भयो ।

लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको खेलमा नेपाल २५–२२, २५–२१ र २५–१४ को सोझो सेटमा पराजित भएको हो ।

यो समूहबाट दुवै टोलीलाई हराएको कीर्गिस्तान समूह विजेता बन्दै तथा माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सात राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले अब पाँचौं स्थानका लागि शुक्रबार अर्को समूहको तेस्रो स्थानको टोलीसित खेल्नेछ । उज्वेकिस्तान समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here