मृत अवस्थामा फेला

47

काठमाडौं । गोरखा, भिमसेन थापा गाउँपालिका-४ बालुवाटारस्थित बुढीगण्डकी नदी किनारमा आरूघाट गाउँपालिका-८ आरू बस्ने ७२ वर्षीय खेचरनाथ खनाल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, तुल्सीपुर उपमहानगरपालिका-१० राईखल्यान बस्ने ७३ वर्षीय रामजी चौधरी सोही उपमहानगरपालिका-११ मोतिपुर नजिकै बबई खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-१० शंखमुल गणेश मन्दिर नजिक सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-९ बाह्रबिघास्थित सार्वजनिक शौचालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here