माईक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

41

चितवन । भरतपुर महानगरपालिका-१ स्थित सडकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.४ ख ५४९७ नम्बरको माईक्रोको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२ आँपटारी बस्ने ६५ वर्षीय राम बहादुर उपरकोटीको मृत्यु भएको छ ।

माईक्रोले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

प्रहरीले माईक्रो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here