विराटनगर – मोरङको पथरी शनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा एक महिलाको शव फेला परेको छ।
पथरी शनिश्चरे १ की २९ वर्षीया रिना बस्नेतको हत्या गरि शव फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
उनको शव नग्न अबस्थामा घोप्टो परेको बिहान मर्निङ वाकका क्रममा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शव नजिक रगत भेटिएका कारण बस्नेतको बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका गरेको छ।
प्रहरीका अनुसार, १४ वर्षीय छोराका साथ कस्मेटिक पसल सञ्चालन गर्दै बस्दै आएकी बस्नेतको श्रीमान वैदेशिक रोजगारीमा छन्।
शुक्रबार साँझ सांगितिक कार्यक्रम हेर्नका लागि घरबाट निस्किएकी बस्नेतको निवस्त्र अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।


















