काठमाडौं– धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
गल्छी गाउँपालिका–५ को सिरुवारीबाट बैरेनी गइरहेको बा १८ च ९४०८ नम्बरको तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा गल्छी गाउँपालिका–६ का २५ वर्षीय नानु तामाङ, ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका–४ का ३८ वर्षीय सेते मिजार र २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् ।
दुर्घटनामा परेकी २१ वर्षीया समिक्षा अधिकारीको उपचारका लागि लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी बैरेनीले जानकारी दिएको छ।
घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेर काठमाडौँ लगिएको छ । बोलेरो जीप माथिल्लो डकबाट २० मिटर तल खस्दा अर्को सडकमा बजारिएको थियो।

















