गर्भावस्थामा योग !

288

Image may contain: Ganesh Gautam, closeup-गणेश गौतम

महिलाहरूको जीवनको विभिन्न पक्षमा योगले महत्वपूर्ण भूमिका खेल्छ । तर, योगको फाइदा लिन नियमित अभ्यास गर्नुपर्छ । केही दिन गर्दैमा जादूको छडीले झैं प्रभाव देखिंदैन ।

महीनावारीका बेला हुने पेट दुखाइदेखि गर्भावस्थामा स्वस्थ रहन र प्रसव व्यथा घटाउनसम्म योगले फाइदा गर्छ । गर्भावस्थामा उच्च रक्तचाप, खुट्टा सुन्निने, अति टाउको दुख्ने जस्ता जटिलता छैन र शिशु ठीक ठाउँमा बसेको छ भने साधारण योगासनले लाभ मिल्छ ।

गर्भावस्थामा वाकवाक आउने, खान मन नलाग्ने जस्ता समस्या हुनु स्वाभाविकै हो । त्यो समस्या हुँदा पनि अलिअलि गरेर खाना खाने, चिल्लो पदार्थ बढी नखाने र आफूलाई उपयुक्त हुने सरल किसिमका योगले फाइदा पुर्‍याउँछ ।

धेरै बेर उभिंदा वा हिंड्दा ढाड र पिडौंलामा हुने दुखाइ योगबाट कम हुन्छ । गर्भावस्थामा विशेष गरेर ‘पुतली आसन’ उपयोगी हुन्छ, यसले शरीरलाई लचिलो बनाउँछ र प्रसव व्यथा कम गराउँछ ।

यस्तै, गर्भावस्थामा शरीरमा लचकता ल्याउने अर्को आसन हो, मार्जरी अर्थात् बिरालो आसन । शशकासन (खरायो आसन) ले पनि शरीरलाई लचिलो बनाउनुका साथै गर्भावस्थामा हुने चिडचिडेपनका साथै तनाव, रिस घटाउन मद्दत गर्छ ।

प्रसव अवस्थापछि कतिपय महिलाहरूको शरीर मोटो हुन्छ । शिशुलाई स्तनपान गराउनुपर्ने भएकाले प्रायः खाना बढी खाइन्छ र बढी चिल्लो–गुलियो खानपानले तौल बढ्छ ।

तौल नियन्त्रण गर्न चिल्लो कम भएको खाना खाने र विभिन्न योग गरे प्रभावकारी हुन्छ । योगसँगै काम, खानपान र आरामबीचको सन्तुलन, अनुशासित जीवनशैलीले महिलाको स्वास्थ्यमा राम्रो भूमिका खेल्छ ।

योगबारे विभिन्न भ्रम पनि छन् । यसबाट महिलाको क्यान्सर निको हुन्छ, पाठेघरमा उल्टो बसेको शिशु सुल्टो हुन्छ भन्ने कुरा अफवाह मात्र हुन् । योगले जीवनमा महत्वपूर्ण प्रभाव त पार्छ, सबै रोग र समस्या निको पार्न भने सक्दैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here