काठमाडौ, साताव्यापी चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार स्टेट काउन्सिलर एवं रक्षा मन्त्री मन्त्री वि फेङसँग शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा दुई असल छिमेकी राष्ट्रका सैनिक बीच विद्यमान सम्बन्ध तथा सहकार्यका बारेमा छलफल भएको थियो । बुधबार प्रधानसेनापति थापाले चिनियाँ समकक्षी जनरल लि जुचेङसँग भेटेका थिए भने सैन्य सहयोग प्रोटोकलमा पनि हस्ताक्षर गरेका थिए ।
प्रधानसेनापति थापाले आज साङछीस्थित चीनियाँ जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनी भ्रमण सम्पन्न गरी शनिबार काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।


















