राष्ट्रपति र प्रधानमन्त्रीबारेको पोस्ट देखाउँदै मन्त्री बाँस्कोटाले भने- हाम्रो सभ्यता यही हो ?

232

काठमाडौं– सामाजिक सञ्जालमा पोष्ट भएको एउटा स्क्रिनसर्ट देखाउदै  ‘मलाई भन्न अप्ठेरो लाग्छ, पढ्न अप्ठ्यारो लाग्छ’ भन्दै सूचना तथा सञ्‍चार प्रविधिमन्त्री गोकुल बास्कोटाले स्क्रिनसर्टमा लेखिएको क्याप्सन पढेर सुनाए । ‘के भन्नुहुन्छ ? हाम्रो सभ्यता र हाम्रो स्वतन्त्रता यही हो ? नजानेको व्यक्तिले यो भाषा लेख्या होइन । यस्ता दशौं छन् मसंग । देउवाजीको बारेमा पनि छ’ बास्कोटाले थपे ।

शुक्रबार संसदको विकास तथा प्रविधिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलका क्रममा मन्त्री बाँस्कोटाले यस्तो जनाएका हुन्।

छलफलका क्रममा केही सांसदले व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने मनसायले सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएको आरोप लगाए ।

व्यक्तिगत स्वतन्त्रतालाई हनन गर्न नभई सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सूचना प्रविधि विधेयक ल्याइएको उनको प्रष्टीकरण थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here