काठमाडौं / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकारले गोली हानि हत्या गरेको आरोप लगाएको छ ।
बिहिबार साँझ एक विज्ञप्ती जारी गर्दै नियन्त्रणमा लिएर गोली हानि हत्या गरेको जनाएको छ । सर्लाहीको लालबन्दी वडा नम्बर १ लखन्ती खोलामा साथी कुरेको अवस्थामा नियन्त्रणमा लिएर एक गोली हातमा र एक गोली टाउकोमा प्रहार गरेको विप्लव नेकपाले जारी विज्ञाप्तीमा उल्लेख गरेको छ ।
विप्लव नेतृत्वको नेकपाका जनकपर ब्युरो इन्चार्ज अरुणद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘केपी-पिके सामाजिक दलाल सरकारले‘ कायरतापूर्वक हत्या गरेको छ।



















