एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी आगामी नेतृत्वको लागि औपचारिक उम्मेद्वारी घोषणा

63

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्वको लागि औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छन्।

१० औं महाधिवेशन तथा विश्वसम्मेलनमार्फत नयाँ नेतृत्वका लागि उनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित केसीले उम्मेद्वारीको घोषणा गरेका हुन्। पत्रकार सम्मेलन मार्फत आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना प्रतिबद्धताहरु उनले सार्वजनिक गरेका छन्। केसीले गैरआवासीयलाई नागरिकता दिलाउने, बैदेशिक रोजगारीमा भएका समस्या समाधान गर्ने, बौद्विक वर्ग र दोस्रो पुस्ताका युवालाई एनआरएनएमा आबद्ध गराउने, गैरआवसीय नेपालीको लगानी नेपाल भित्र्याउने लगायतका प्रतिवद्धता अघि सारेका छन्।

उनले श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने, नेपाली भाषा, साहित्य र कलाको बेलीविस्तार गर्ने, एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने, एनआरएनए र नेपाल सरकारबीच थप प्रगाढ सम्बन्ध स्थापित गर्नका लागि आफूले अध्यक्षमा उम्मेद्वार दिएको जनाएका छन्। केसीले वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरेका छन्।

यसअघि नै  संघको १० औं महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि अमेरिकाकी रविना थापा र बेलायतका कुल आचार्यले उम्मेद्वारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here