विस्फोटक पदार्थसहित तीन जना पक्राउ

103

सुनसरी /  विस्फोटक पदार्थसहित सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा तीन जनालाई बिहीबार पक्राउ गरिएको छ ।

भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५ वर्षीय दिलीप साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here