३ वटा मृगौला भएकी बालिकाको यस्तो अवस्था

231

भरतपुर / भरतपुरमा तीन वटा मृगौला भएकी बालिका भेटिएकी छन् ।सुन्दा अचम्म लाग्न सक्छ तर यो कुरा सत्य हो ।

भरतपुर महानगरपालिका ११ स्थित गणेश स्थानमा बस्ने १२ बर्षिया आरती वि.क. पेटको तल्लो भाग दुख्न थालेपछि उपचार गर्न आएकी वि.क.लाई भिडियो एक्सरे गर्दा तीन वटा मृगौला भेटिएको उपचारमा संलग्न चिकित्सकले सञ्चार माध्यमलाई जनाएका छन् ।

पुरानो मेडिकल कलेज भरतपुरका अनुसार वि.कको दायाँ तिर दुई र बाँया तिर एक वटा मृगौला रहेका छन् । दायाँको तल्लो भागमा रहेको एउटा मृगौला सामान्य मृगौला भन्दा सानो आकारको रहेको पुरानो मेडिकल कलेज भरतपुरका यूरोलोजिष्ट डाक्टर सुदिपराज केसीले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

उहाँका अनुसार सानो आकारको मृगौलामा समस्या देखिएको छ । आज शुक्रबार उनको शल्यक्रिया गरेर सानो आकारको मृगौलाको पिसाब नलि खोलिने जनाइएको छ ।

प्रति एकलाख व्यक्ति मध्ये एक जनामा यस्तो मृगौला देखिने डाक्टर केसीले जानकारी दिए । ।

चार महिना देखि पेटको तल्लो भाग दुखेपछि वि क सुरुमा भरतपुर अस्पताल पुगेकी थिईन भरतपुर अस्पतालमा भिडियो एक्सरे र सिटी स्क्यान गर्दा तीन वटा मृगौला देखिएपछि अस्पतालले पुरानो मेडिकल कलेजमा रिफर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here