चिनियाँ टोली पेट्रोलियम पदार्थ अन्वेषण गर्न नेपालमा, केही दिनमै काम सुरु गर्ने तयारी

250

काठमाडौं / चिनियाँ टोली  पेट्रोलियम पदार्थको अन्वेषणका लागि शनिबार नेपाल आइपुगेको छ । गत बैशाखमै आउने भनिएको टोली २ महिनापछि मात्रै नेपाल आइपुगेको हो ।

दोलखाका विभिन्न स्थानमा टोलीले  पेट्रोलियम पदार्थ अन्वेषणका लागि आवश्यक छलफलपछि मात्रै काम सुरु गर्नेछ ।

चीनले नेपालको बुटवल, पाल्पा, सुर्खेत र दैलेख गरी ४ क्षेत्रमा अन्वेषण गर्ने छ । त्यसमध्ये दैलेखमा ड्रिलङको काम गर्ने छ ।

विगतमा भएको प्रारम्भिकको खोज अनुसान्धानलाई मूर्तरुप दिने काम गरिनेछ । गत वर्ष चीन सरकारको स्वामित्वमा रहेको चाइना जिओलोजिकल सर्भको प्राविधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको प्रारम्भिक अध्ययन गरेको थियो ।

टोलीले दैलेखलगायतका जिल्लामा सम्भावित पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम गर्नेछ । टोलीले उक्त स्थानहरुमा आर्थिक रुपमा सम्भाव्य छ छैन, भण्डारन क्षमता कति छ जस्ता कुरा पत्ता लगाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here