यौनकाण्डमा मुछिए डोनाल्ड ट्रम्प !

203

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यौनकाण्डमा मुछिएका छन् । उनीमाथि एक महिलाले यौन दुव्र्यवहारको आरोप लगाएकी छिन् । ट्रम्पले आफूलाई २० वर्ष अघि न्युयोर्कस्थित मानहाट्टन डिर्पाटमेन्ट स्टोरमा यौन दुव्र्यवहार गरेको भन्दै इ। जित केरोलले खुलासा गरेकी हुन् । लेखन क्षेत्रमा सक्रिय केरोलले यौन दुव्र्यवहारको वृस्तृत घटना शुक्रबारको न्युयोर्क म्यागाजिनमा प्रकाशित गरेकी छिन् ।

ट्रम्पले आफूलाई ड्रेसिङ रुममा हमला गरेको दाबी गरिन् । ट्रम्पले टाउको भित्तामा ठोक्काइदिएको, कपडा खोलेर छेदन गरेको उल्लेख गरेकी छिन् । केही समयपछि ट्रम्पलाई घचेटेर भाग्न सफल भएको जनाउँदै आफू लामो समय मौन बसेको भन्दै उक्त घटना महिलालाई भविष्यमा कुनै पुरुषले दुव्र्यवहार गर्न नसकुन् भनेर खुलासा गरेको जनाएकी छिन् । उनले भनेकी छिन्,‘म आफूलाई दोषी सम्झन्छु, म त्यतिबेला निकै त्रसित थिएँ ।’

हाल ७५ वर्ष पुगेकी केरोलले आफ्ना दुईजना निकट साथीहरुलाई उक्त घटनाबारे भनेको बताइन् । उनका साथीले घटनाबारे आफूलाई जानकारी भएको बताइन् ।

ट्रम्पले उक्त आरोपलाई झुटा भनेका छन् । उनले स्टोरमा भिडियो फुटेज वा प्रत्यक्षदर्शी किन भएनन् भनी प्रश्न गरेका छन् । ट्रम्पले भनेका छन्,-‘मैंले व्यक्तिगत जीवनमा उक्त व्यक्तिसँग भेटेको छैन ।’ आफ्नो नयाँ पुस्तक बिकाउन कथा बुनेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here