राप्रपाले भन्यो : गुठी विधेयक फिर्ता होइन खारेज हुनुपर्छ

79

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ ।

आइतबार केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने जनाए ।

राप्रपाको बैठकको निर्णयमा भनिएको छ ‘गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको सम्मान गर्दै पूर्ण रुपले खारेज गर्न माग गर्दैछ । ’

अध्यक्ष कमल थापाले नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको आरोप लगाए । थापाले गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि जनाए ।

राप्रपाले विवादास्पद गुठी विधेयक गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको कदर गर्दै फिर्ता नभई पूर्ण रुपमा खारेजीको माग गरेको छ ।

राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पनि निर्णय गरेको छ । राप्रपाको शनिवार र आइतबार केन्द्रीय कार्य समितिको विस्तारित बैठक बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here