रामेछापमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु एक गम्भिर घाइते

231

रामेछाप / रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु  भएको छ । मन्थली नगरपालिका वडा नम्बर -६ मा एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको हो । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

नेपाल रेडक्रस भिमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स सिन्धुलीबाट रामेछाप सदरमुकाम मन्थलीमा आउँदै गर्दा कुनौरी नजिकै शनिबार राति २ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । एम्बुलेन्स कुनौरीेमोडबाट बाट करिव २०० मिटर तल झरी अर्को मोडमा आइपुगेको छ ।

दुर्घटनामा परि एम्बुलेन्स चालनक सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोट घर भएका २२ बर्षिय निर बहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।

प्रवक्ता अदालतका अनुसार चालकसंग साथि आएका एकजना गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here