सुचना बोर्डहरुमा रक्सी सेवन गरेर मोबाइल नचलाउनुस्

273

एजेन्सी / मापसे गरेर सवारी साधन नचलाउन आग्रह गरिएका ट्राफिक प्रहरीका सूचना बोर्डहरु हामीले देखेकै छौं होला । तर जब ट्राफिक प्रहरीले रक्सी पिएको बेला मोबाइल नचलाउन अनुरोध गरेर बकाइदा होर्डिङ बोर्ड नै ठड्याउँछ तब त्यो चर्चाको विषय नबन्ने कुरै भएन । भारतको जम्मु काश्मीर प्रहरीले मुगल रोडस्थित राजमार्गमा राखेको साइन बोर्ड अहिले सोसल मिडियामा भाइरल भैरहेको छ ।

उक्त साइन बोर्डमा लेखिएको छः मादक पदार्थ पिएको बेला मोबाइल फोनको प्रयोग नगर्नुहोस् (Don’t use mobile phone while drinking) लामो समयदेखि मुगल रोडमा यो बोर्ड टाँगिएको थियो । जब यो बोर्ड सोसल मिडियामा भाइरल बन्यो, तब स्थानीय प्रशासनले उक्त बोर्ड हटायो । साथै त्यस्तो भाषाको बोर्ड राखिएको घटनाको विषयमा अनुसन्धान समेत सुरु गरिएको छ । भारत प्रशासित काश्मीरमा मुगल रोड ऐतिहासिक तथा चर्चित सडक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here