विप्लवको निशुल्क स्वास्थ्य शिविरमा हजारौँ सर्वसाधारणको स्वास्थ्य परिक्षण

270

काठमाडौ, सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा हजारौँ सर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका छन् । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवको गाउँमा शिवगढीमा नेकपा निकट अखिल नेपाल जनस्वास्थ्यकर्मि महासंघले आयोजना गरेको स्वास्थ्य शिविरबाट स्थानीय सर्वसाधारणले लाभ लिएका हुन् । स्वास्थ्य शिविरको नेतृत्व विप्लव पुत्र डा. प्रकाश चन्दले गरेका थिए । चन्द चितवन मेडिकल कलेजमा एमबीबीएस अध्यनरत छन् । उनले राज्यको उपस्तिथि शुन्य रहेको ठाउँमा स्वास्थ शिविरको संचालन गरेर जनतालाई थोरै भएपनी राहात महशुस गराउन सकेको बताए । जनस्वास्थ्यकर्मी महासघको महासचिव समेत रहेका डा. प्रकाशले राज्यले गर्नुपर्ने काम जनस्वास्थ्यकर्मी महासघले गरेको बताए ।
असार ७ र ८ गते दुई दिनसम्म चलेको स्वास्थ शिविरमा चितवन मेडिकल कलेजका ४० जना स्वास्थ्य कर्मीले गाईनो, बालरोग, हाडजोर्नी, छाला तथा यौनरोग, नाक कान तथा घाटी, प्रयोगशाला लगायतका बिरामी जाच गरेका थिए । बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो । अनौठो के भने प्रतिबन्धित नेकपाको स्वस्थ्य शिविरको सुरक्षामा भने नेपाल प्रहरीले खटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here