पाँच वर्षसम्म यहि सरकारले काम गर्छ: रक्षामन्त्री पोखरेल

224

भक्तपुर– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार ५ वर्षसम्म फेरबदल नहुने जनाएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको पाँचौं नगरसभाको शुभारम्भ गर्दै पोखरेलले केपी ओली नेतृत्वको सरकार ५ बर्षसम्म काम गर्ने जनाए । उनले भने, ‘यो सरकार विधिसम्वत ढङ्गले बनेको छ, सरकार ढल्छ भन्ने हल्ला अस्थिरता सिर्जना गर्न फैलाइएको हो ।’

नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको विश्वासको बलमा ५ वर्षसम्म योग्यतापूर्वक काम गर्ने समेत रक्षा मन्त्री पोखरेलको भनाई छ ।

रक्षा मन्त्री पोखरेलले विकास गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभनी सबै एक जुट हुनुपर्ने भन्दै निर्वाचनमा पराजित भएकालाई समेत समेटेर लानु पर्ने जनाए ।

‘दलिय द्धन्द्धको धङधङीबाट लिप्त भएकाहरुले मात्र विकासको विरोध गर्दछन्’ मन्त्री पोखरेलको भनाई छ । उनले सुखी नेपाली सम्वृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर सरकारले काम गरिरहेको समेत दावी गरे ।

उनले हिजो उद्योग धन्दा बेच्नेहरुले नै आज सडक र सदनमा ठुला कुरा गर्न थालेको आरोप लगाए ।

कार्यक्रममा सांसद महेश बस्नेतले आगामी केही वर्षभित्रै भक्तपुर विकासले भरिपूर्ण जिल्लाका रुपमा चिनिने जनाए । ‘सडक, विद्यालय, पुल निर्माण मात्र नभएर हामीले पयर्टन पूर्वाधार विकासमा समेत काम गरिरहेका छौं’ सांसद बस्नेतको दावी थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुरथिमीकी उपप्रमुख अन्जनादेवी मधिकर्मी, नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, काँग्रेस भक्तपुरका सचिव निशान ढुंगेलल लगायतले भक्तपुरको नीति तथा कार्यक्रमले जनताको आश्यकतालाई सम्बोधन गर्नु पर्नेमा जोड् दिएका थिए ।

नगरपालिकाको नीति तथा कार्यक्रम पेश गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले कृषि, पर्यटन, धर्म संस्कृति, शिक्षा, युवा तथा खेलकुदलगायतका कुरालाई विषेश महत्व दिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here