कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा

120

एजेन्सी / ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। आज विहान समूह ‘सी’ का अन्तिम २ खेल सकिएसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो। विहान जापान र इक्वेइडरले १-१ को बराबरी खेल्दा उरुग्वेले चिलीलाई १-० ले हरायो।

समूह ‘ए’ बाट ३ खेलबाट ७ अंक जोड्दै ब्राजिल समूह विजेता र भेनेजुएल ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेताको रुपमा अन्तिम ८ मा पुगेको छ । समूह ‘बी’ बाट तीनै खेलमा विजयी कोलम्बिया ९ अंक जोडेर विजेता र ३ खेलबाट ४ अंक जोडेर अर्जेन्टिना उपविजेता बनेर क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘सी’ मा उरुग्वे ३ खेलबाट ७ अंक जोड्दै विजेता र चिली ३ खेलबाट ६ अंक जोडेर उपविजेता भयो । समूहमा तेस्रो बनेका तीन टिम मध्ये २ टिम अन्तिम ८ मा पुग्ने प्रावधान थियो। जसमा समूह ‘ए’ मा ४ अंक जोडेको पेरु र समूह ‘बी’ मा २ अंक जोडेको पाराग्वे भाग्यमानी ठहरिए।

समूह ‘सी’ मा २ अंक जोडेको जापान भने गोलअन्तरमा पछि पर्यो। पाराग्वेको (१ गोलअन्तर हुँदा जापानको (४ गोलअन्तर थियो।

क्वार्टरफाइनल खेल
ब्राजिल भर्सेस पाराग्वे : शुक्रबार विहान सवा ६ बजे
भेनेजुएला भर्सेस अर्जेन्टिना : शुक्रबार मध्यरात पौने १ बजे
कोलम्बिया भर्सेस चिली : शनिबार विहान पौने ५ बजे
उरुग्वे भर्सेस पेरु : शनिबार मध्य रात पौने १ बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here