मोबाइल विकमा मोबाइल किन्दा छुट

85

काठमाडौं / एनआइसी एशिया बैंकको कार्ड मार्फत दराजको मोबाइल विकमा मोबाइल फोन किन्दा छुटको योजना ल्याएको छ ।

बैंकको डेबिड वा क्रेडिड कार्डमार्फत अनलाइन पेमेन्ट गरी दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम पाँच हजारसम्म छुट प्राप्त गर्न सक्ने योजना ल्याएको हो। यस योजना असार ९ देखि १५ गतेसम्म चल्ने बैंकले भएको छ ।

बैंकका मुलुकभर २ सय ८४ शाखा, २ सय ९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई छन् । करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेका छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गर्लै आएको बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here