विश्वका राष्ट्रहरुसँग कति छ परमाणु बम ?

398

एजेन्सी / इरान अमेरिकाबीचको तनावले मथ्थर हुने संकेत गरिरहेको छैन । अमेरिकी ड्रोन इरानले खसालेको पछिल्लो घटनापछि विश्वका शक्ति राष्ट्रहरु ध्रुवीकृत हुने लक्षण देखा परेको छ । अमेरिका र रुस पनि फेरि एकपटक आमने सामने देखिन थालेका छन् । दुवै परमाणु हतियार सम्पन्न देश हुनुका कारण यो अवस्था चिन्ताजनक हो । अर्कोतर्फ हतियार दौडमा रहेका केही देशले आफ्नो प्रतिरक्षा बजेटको खर्च बढाइरहेका छन् । यस्तो अवस्थामा यदि विश्वमा परमाणु युद्ध सुरु भयो भने के होला ? सायद मानव सभ्यताको अस्तित्व नै खतरामा पर्ने जोखिम छ ।

आखिर विश्वमा कुन देशसँग कति परमाणु बम छन् त ? स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्यूटको एक रिपोर्टले यो तथ्य बाहिर ल्याएको छ । परमाणु हतियारको संख्यामा पछिल्लो समयमा कमी आएको भएपनि दुनियाँका ९ वटा देशहरुसँग अहिले पनि परमाणु बम रहेका छन् । यी देशमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया रहेका छन् ।

यीमध्ये कुन देशसँग कति परमाणु बम छन् ?

रुस : ६५००

अमेरिका : ६१८५

फ्रान्स : ३००

चीन  : २९०

बेलायत : २००

भारत : १३०–१४०

इजरायल : ८०–९०

उत्तर कोरिया : २०–३०

एक रिपोर्ट अनुसार विश्वमा परमाणु हतियारको कूल उत्पादन कम भएतापनि दक्षिण एसियामा भने बढिरहेको छ । सन् २०१९ को सुरुवातमा विश्वमा परमाणु हतियारको कूल संख्या १३ हजार ८६५ थियो । त्यसमा तैनाथ गरिएका र विघठन गरिएका सबै हतियार गण्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here